Search the Planet

Custom Search

10.11.2010

घमण्डी भन्नेहरूलाई

अचेल कसैकसैले मलाई घमण्डी भन्ने गरेका मैले थाहा पाएँ । कतिपयले यो कुरा स्पष्ट नै भने पनि । तर तिनले यस्तो धारणा बनाउनुको स्पष्ट आधार दिन सकेनन् र यत्तिकै थाहा भयो नि भने । कसैलाई यत्तिकै घमण्डी बनाइदिनेहरू अहङ्कारी हुन् कि होइनन् त । कसैले भने, यति पैसा कमाउँछस्, भोज ख्वाउनुपर्दैन तैँले ?  म छक्क परेको छु, पैसा कमाउने परिमाणको मापदण्ड के हो । कति र के कमाए धेरै हुने हो । मासिक दस हजार कमाउनेले धेरै कमाए कि लाख कमाउनेले । त्यसैगरी साथी, मित्र पनि कति भए धेरै हुन्छन् ।
दिउँसो काम गर्ने अनि राति पनि काममा व्यस्त । दिउँसो झ्यापझ्याप (निद्राले) भइरहने हुँदा म कसैसँग कुरा गर्न जान सक्दिनँ । फुर्सद भयो कि किताब बोक्यो अनि लाग्यो एकातिर । यस्तो बेलामा ककसलाई भेट्न जानु खै । कसैले भेटेन, आएन भन्छन् र त्यो त साह्रै घमण्डी पो भयो भन्छन् भने भनून । बुझ्नेलाई पो बुझाउन सकिन्छ, अबुझहरूलाई केही गरे पनि बुझाउन सकिन्न ।

Share/Bookmark

No comments:

Post a Comment

Wanna say-

Search This Blog