आज दिन पनि के भाको । न जाडो न गर्मी नै छ । घाम लाग्लाजस्तो त भएको थियो अहिले बादलले ढाकिरहेको छ । पानी पर्लाजस्तो भएको छ । म अहिले घरमा छु र दक्षिणतर्फ अर्थात् सिरुटारतिरबाट पानी बर्सेलाजस्तो देखिएको छ । कोही त यो पालि पानीजत्ति सबै सकिएर अर्को वर्ष खडेरी पर्ने अनुमान गर्दैछन् । त्यसमा वैज्ञानिक कारँ त देखिन्न तर खै के भन्न सकिन्छ र । जलवायु परिवर्तनको ठूलो मूल्य भावी पुस्ताले तिर्ने गरी हामीले दिगोविकास विरोधी कार्य गरिरहेकैले यस्तो अवस्था आउन थालेको पनि कतिपय विज्ञहरू बताउँछन् । निर्दोष भावीपुस्तालाई हामीले प्रदूषित वातावरण उपहारमा दिँदैछौँ । यसले तिनलाई बाँच्न अवश्य गाह्रो पर्नेछ । तिनले हामीलाई सराप्ने दिन नआआोस् ।
No comments:
Post a Comment
Wanna say-